धम्की र वार्ता सँगै हुन सक्दैनः इरानी विदेशमन्त्री
इरान । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता सुरु नहुने बताएका छन् । इस्तानबुलमा टर्कीका विदेशमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इरान युद्ध र कूटनीति दुवैका लागि तयार रहेको स्पष्ट पारे ।
इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इस्तानबुलमा बोल्दै इरान अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए । टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा आराघचीले संयुक्त राज्य अमेरिकाले कुनै सद्भाव नदेखाएको र यो कहिल्यै विश्वासयोग्य नरहेको बताए ।
इरान सबै कूटनीतिक प्रक्रियाका लागि तयार रहेको उनको भनाइ छ । इरानले आणविक हतियार कहिल्यै नखोजेको दोहोर्याउँदै उनले रक्षा क्षमतालाई कायम राख्ने र विस्तार गर्ने तर त्यसमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
सोही अवसरमा टर्कीका विदेशमन्त्री फिदानले यस क्षेत्रमा थप तनाव बढ्न नदिन कूटनीति नै एक मात्र विकल्प भएको भन्दै इरान र अमेरिकालाई तत्काल वार्तामा फर्कन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण