बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एप्स्टिन प्रकरणमा बिल गेट्स, इलन मस्क र हावर्ड लुटनिकमाथि नयाँ छानबिनको दबाब

आइतबार, १८ माघ २०८२, ०९ : ५४
आइतबार, १८ माघ २०८२

सारांश

  • जेफ्री एप्स्टिनसँग सम्बन्धित गोप्य कागजात सार्वजनिक भएपछि बिल गेट्स र एलन मस्क छानबिनमा तानिएका छन्।
  • बिल गेट्सलाई एप्स्टिनले विवाहबाहिर सम्बन्ध राखेको र रुसी युवतीसँगको यौन सम्पर्कको आरोप लगाएका छन्।
  • एलन मस्कले एप्स्टिनको टापुमा भेटघाटको प्रयास गरेको र आफूले न्यून सम्पर्क मात्रै राखेको बताएका छन्।

वासिङ्टन डीसी । दिवंगत अमेरिकी वित्तीय व्यापारी तथा यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित लाखौँ पृष्ठका गोप्य कागजात सार्वजनिक भएपछि बिल गेट्स, एलन मस्क र हावर्ड लुटनिक जस्ता विश्वका सबैभन्दा शक्तिशाली केही उद्योगपतिमाथि नयाँ प्रश्न र छानबिनको दबाब बढेको छ ।

अमेरिकी न्याय मन्त्रालयले शुक्रबार करिब ३० लाख पृष्ठका अनुसन्धानात्मक फाइलहरू सार्वजनिक गरेको थियो । यी कागजातहरू डिसेम्बर १९ भित्र सार्वजनिक गर्न कानुनी समयसीमा तोकिएको भए पनि एक महिनाभन्दा ढिलो गरी सार्वजनिक गरिएको थियो ।

फाइलहरूमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र टेस्लाका प्रमुख एलन मस्कसँग सम्बन्धित विवरणले ध्यान खिचेको छ । एउटा मस्यौदा इमेलमा एप्स्टिनले गेट्सले विवाहबाहिर सम्बन्ध राखेको र रुसी युवतीसँगको यौन सम्पर्कका परिणाम सम्हाल्न लागूपदार्थ प्राप्त गर्न सहयोग मागेको आरोप लगाएका छन् । तर गेट्स फाउन्डेसनले यी आरोपलाई पूर्णतः आधारहीन र झूटो भन्दै अस्वीकार गरेको छ ।

एलन मस्कका इमेलहरूले भने २०१२–१३ मा एप्स्टिनको क्यारिबियन टापुमा भेटघाटको प्रयास भएको देखाएको छ । एक इमेलमा मस्कले लेखेका छन्, ‘तपाईंको टापुमा सबैभन्दा जंगली पार्टी कुन दिन हुन्छ रु’ यद्यपि अन्तिम समयमा भेट रद्द भएको देखिन्छ र मस्क टापुमा गएको प्रमाण छैन ।

मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले एप्स्टिनसँग न्यून सम्पर्क मात्रै राखेको र टापुमा जान बारम्बार अस्वीकार गरेको दाबी गरेका थिए । एप्स्टिनका फाइल सार्वजनिक गर्न आफूले नै सबैभन्दा बढी दबाब दिएको पनि उनले बताए ।

यस खुलासाले एप्स्टिनसँग जोडिएका शक्तिशाली व्यक्तिहरूको भूमिका र सम्भावित उत्तरदायित्वबारे बहसलाई फेरि चर्काएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप