आहा रारा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसनः फ्लडलाइटमा खेल हुने, विजेतालाई १४ लाख पुरस्कार
सारांश
- सहारा क्लब पोखराले आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली मनाउने भएको छ।
- प्रतियोगिता माघ २७ देखि फागुन ९ गतेसम्म हुनेछ, जसमा पुरस्कार राशि बढाइएको छ र रातमा खेल हुनेछ।
- यस वर्ष १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा ४ विदेशी टीम पनि सहभागी हुनेछन्।
पोखरा । सहारा क्लब पोखराले यो वर्ष आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने भएको छ । प्रतियोगिताको २५ औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म हुँदैछ । पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको फुटबल प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशि थपिएको छ भने रातको समयमा फ्लडलाइटमा खेल हुने भएको छ ।
यसअघि विजेतालाई १० लाख पुरस्कार दिइएकोमा अब १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार प्राप्त गर्नेछन् । पहिला उपविजेताले ५ लाख १ हजार पुरस्कार दिइएको थियो । प्रतियोगितामा सहभागी हुने १२ टीमको निक्र्यौल भैसकेको छ । ४ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
नेपालबाट नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाईटेड, मनाङ मर्स्याङ्दी क्लब, नेपाल एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाईटेड, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा प्रतिश्पर्धी छन् । भारतको सिक्किमबाट थन्डरवल्र्ड नर्थ युनाईटेड र थप अर्को टोली सहभागी हुनेछ । साथै हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब र उज्वेकिस्तानको आभा फुटबल क्लबको टुङ्गो लागिसकेको अध्यक्ष केशबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितालाई थप आकर्षक बनाउन अस्थायी फ्लडलाइटमा खेल आयोजना गर्न लागिएको उनले बताए । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई पोखरा महानगरले संरक्षकत्व दिएको छ । प्रतियोगिताको तयारी तीव्र भइरहेको महासचिव गङ्गाराज पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण