घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ : रास्वपा उम्मेदवार सापकोटा
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफूहरू विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश सापकोटाले आफूहरू भारी मतका साथ विजयी हुने ठोकुवा गरेका हुन्।
यातायात व्यवसायी समेत रहेका सापकोटाले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चुनावी मैदानमा आफ्नो पक्षमा सोचेभन्दा राम्रो लहर देखिएको बताए। उम्मेदवारी दर्तापछि गाउँ अभियानमा निस्किएका सापकोटाले मतदाताहरू पुराना दलहरूसँग निकै रुष्ट रहेको दाबी गरे।
‘मैले भेटेका अधिकांश मतदाताले यस पटक घण्टीमै भोट हाल्ने प्रतिबद्धता जनाएका छन्, कतिपयले त तपाईँ नआए पनि हामी घण्टीमै भोट हाल्थ्यौँ समेत भनेका छन्,’ उनले भने। जनतामा पुराना शक्तिप्रतिको वितृष्णा नै आफ्नो जितको मुख्य आधार भएको उनको तर्क छ।
सापकोटाले आफ्नो चुनावी विश्लेषण सुनाउँदै भने, ‘जनताको बुझाइ रास्वपाप्रति सोचेभन्दा तेब्बर राम्रो छ। भोलि नै चुनाव हुने हो भने पनि मानिसहरू हामीलाई भोट हाल्न आतुर छन्। धेरै घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ।’ विगतमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सापकोटा यस पटक रास्वपाबाट चुनावी मैदानमा उत्रिएका हुन्।
सुर्खेत–२ मा यसअघि कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। यस पटक कांग्रेसबाट नारायण प्रसाद कोइराला, एमालेबाट कुलमणि देवकोटा र नेकपाबाट झकबहादुर मल्ल उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण