अरिजित सिंहको सन्यासले बलिउड स्तब्ध, विशाल भारद्वाजले गरे निर्णय फिर्ता लिन अपिल
सारांश
- प्रसिद्ध गायक अरिजित सिंहले गायनबाट सन्यास लिने घोषणा गरेपछि फिल्म उद्योग स्तब्ध भएको छ।
- निर्देशक विशाल भारद्वाजले इन्स्टाग्राममा भिडियो सेयर गर्दै अरिजितलाई फर्कन आग्रह गरे।
- अरिजितले जनवरी २७ मा सामाजिक सञ्जालमार्फत पार्श्व गायन छोड्ने घोषणा गरेका थिए।
मुम्बई । भारतीय पार्श्व गायनका बादशाह मानिने अरिजित सिंहले गायनबाट सन्यास लिने घोषणा गरेपछि फिल्म उद्योग र फ्यानहरू स्तब्ध भएका छन्। अरिजितको यो अप्रत्याशित निर्णयपछि चर्चित निर्देशक तथा संगीतकार विशाल भारद्वाजले उनलाई संगीतको जादुमयी दुनियाँमा फर्कन सार्वजनिक अपिल गरेका छन्।
निर्देशक भारद्वाजले शुक्रबार इन्स्टाग्राममा एक भावुक भिडियो सेयर गर्दै अरिजितसँगको विशेष पल सम्झिएका छन्। भिडियोमा विशाल एउटा महफिलमा बसेर गीत गाइरहेका देखिन्छन् भने उनलाई अरिजितले नै भिडियो खिचिरहेका छन्।
‘केही दिनअघि हामी सँगै बसेर यो गीतको ज्यामिङ गरिरहेका थियौँ, मलाई थाहा थिएन कि अरिजितसँगको यो मेरो अन्तिम फिल्मी गीतमध्ये एक हुनेछ,’ विशालले क्याप्सनमा लेखेका छन्। उनले अरिजितलाई ट्याग गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
अरिजितले गत जनवरी २७ मा सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा पार्श्व गायन छोड्ने घोषणा गरेका थिए। उनले आफ्ना श्रोताहरूलाई धन्यवाद दिँदै अबदेखि कुनै पनि नयाँ फिल्मका लागि गीत रेकर्ड नगर्ने बताएका थिए। ‘यति धेरै वर्षसम्म मलाई माया दिनुभएकोमा धन्यवाद, यो एक सानदार यात्रा रह्यो, तर म यसलाई यहीँ अन्त्य गर्दैछु,’ अरिजितले लेखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण