रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।
पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको उनले बताए ।
उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरी घोषणापत्र जारी हुने उल्लेख गर्नुभयो । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।
अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखे ।
त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढङ्गले काम गर्नुपर्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण