समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई
आइतबार, १८ माघ २०८२, १६ : ०९
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइबारे जानकारी दिएका हुन् ।
प्रवक्ता भट्टराईका अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ ।
माघ १७ शनिबार बेलुकासम्म ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण