प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संविधान पुनर्लेखन नेकपा माओवादीको मुख्य एजेन्डा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी निर्वाचनका लागि आफ्नो २२ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पार्टीका महासचिव विप्लवले वर्तमान संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विज्ञहरूको सहभागिता रहने मन्त्रिपरिषद्को व्यवस्थाले मात्रै मुलुकमा राजनीतिक स्थिरता दिने दाबी गरेका हुन्।
पार्टीको प्रतिबद्धता पत्रमा स्थिर सरकार, आर्थिक उन्नति तथा शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको पूर्ण दायित्वभित्र राख्ने उल्लेख छ। महासचिव विप्लवले जनप्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउनुपर्ने र न्याय प्रणालीमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। देशको समृद्धिका लागि 'नयाँ आर्थिक मार्ग' को प्रस्ताव गर्दै उनले आत्मनिर्भर कृषि, पर्यटन र उद्योगमा आधारित एकीकृत अर्थनीति अवलम्बन गर्ने बताए।
प्रतिबद्धता पत्रको पाँचौँ बुँदामा 'सी' संस्कृतिलाई जनसंस्कृतिको रूपमा विकास गरी समाजको वैज्ञानिक रूपान्तरण गर्ने उल्लेख छ। यस्तै, सन् १९५० लगायतका पुराना र असमान सन्धिहरू खारेज गरी सहअस्तित्वका आधारमा नयाँ सम्झौता गर्ने वैदेशिक नीतिको घोषणा गरिएको छ। वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्था नभएसम्म उठिबास नलगाउने र उनीहरूको गाँसबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता समेत माओवादीले जनाएको छ।
विचार मिल्ने शक्तिहरूसँग एकताको प्रस्ताव गर्दा अन्य दलहरू संकुचित बनेकाले आफूहरू एक्लै चुनावी मैदानमा उत्रिएको विप्लवको भनाइ छ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा र काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ का उम्मेदवार माइला लामाले आफ्नो पार्टीका उम्मेदवारहरू जनताको श्रम र समस्यासँग जोडिएकाले मतदान गर्न अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण