जनवरीमै भित्रिए ९२ हजार पर्यटक, भारतीयको हिस्सा सबैभन्दा धेरै
सारांश
- सन् २०२६ को पहिलो महिनामा नेपालमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक आए, जुन अघिल्लो वर्षको तुलनामा १५.७% ले बढी हो।
- भारतबाट सबैभन्दा धेरै पर्यटक (२६ हजार ६२४) आएका थिए, जसले कुल पर्यटक आगमनको २८.८% ओगटेका थिए।
- पर्यटन बोर्डका अनुसार यो तथ्याङ्कले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बढेको देखाउँछ।
काठमाडौँ । सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो।
यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ। पर्यटक आगमनको तथ्याङ्क हेर्दा छिमेकी मुलुक भारत शीर्ष स्थानमा कायम छ। कुल आगमनको २८.८ प्रतिशत अर्थात् २६ हजार ६२४ भारतीय पर्यटकले यो महिना नेपाल भ्रमण गरेका छन्।
भारतपछि चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत आधारमा दक्षिण एसियाली (सार्क) मुलुकको हिस्सा ३९.३ प्रतिशत छ भने अन्य एसियाली देशबाट २६.१ प्रतिशत पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो तथ्याङ्कले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बलियो हुँदै गएको सङ्केत गरेको बताएका छन्। गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्कमा भएको विस्तार र साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षणले आगमन वृद्धिमा टेवा पुगेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण