ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते
घोराही । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आज लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ वर्षीय अङ्कित चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृतक अङ्कित चौधरीका बुबा स्कुटर चालक लमही–६ का ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते भएका छन् । घाइते चौधरीको दाहिने खुट्टा र बायाँ हातको औँलामा चोट लागेको छ ।
प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण