महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाडौँ गुराँससँगको सहकार्यमा गन्धकुटी विहार खोकना, वडा न. २१, ललितपुरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर जस्ता क्यान्सर रोगको पहिचान, मधुमेह तथा थाईराइड रोगको पहिचान र साधारण स्वास्थ्य परीक्षण तथा दन्त परीक्षण कार्यको लागि आर्थिक सहयोग गरेको हो ।
त्यसैगरी सवारी दुर्घटना न्युनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानहरूमा जथाभाबी रूपमा अव्यवस्थित पार्किङ समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगन्ज, काठमाडौँसँगको सहकार्यमा विभिन्न ट्राफिक सङ्केतहरू रहेको रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तीकरण केन्द्र नेपालको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेसा एवं कलालाई संवर्द्धन, आधुनिकीकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जन गर्नको निमित्त सहयोग गर्ने उद्देश्यका साथ हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा न. १ देखी ६ वडा सम्मका व्यक्तिहरूलाई सिलाई मेसिन वितरण गरिएको छ । त्यसैगरी भानुपथ, सिदार्थनगर–०९, रुपन्देहीमा रहेको श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्नको लागि बैंकको भैरहवा शाखा कार्यालय मार्फत आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण