युवा संघले सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने
काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि संगठनका सबै सदस्यहरूलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने जनाएको हो । पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमाण्डहरुले प्रचारप्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहीत वातावरण बनाउने र उम्मेदवारसहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिए ।
त्यस्तै ६ हजार ७ सय ४३ वटै वडामा वडा कमान्डर र १० हजार ९ सय ६७ वटै बुथमा बुथ कमान्डर तोकिएको बताए ।
आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवाहरुलाई जिताउन प्रभावकारी रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिने उनले बताए ।
नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र अगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमतमार्फत अनुमोदन गराउने उद्देश्यसहित संगठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण