६ महिनामा भित्रियो १० खर्ब ६२ अर्ब रेमिट्यान्स
सारांश
- चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
- अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले बढेर ७ अर्ब ९० करोड पुगेको छ।
- विप्रेषण आप्रवाह बढ्दा मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पुगेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
समीक्षा महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आयमा पनि सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
विप्रेषणको आप्रवाह बढ्दा यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । विशेषगरी चालु खाता र शोधनान्तर स्थिति बचतमा राख्न विप्रेषणको भूमिका उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालनमा पनि विप्रेषणको प्रभाव परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण