रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी
काठमाडौँ । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी परेको छ ।
नेपालका लागि ओमोडा तथा जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे ।
सो अवसरमा नायिका थापाले आफूलाई जेइको जे६ मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन् । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहना अनुरुप जेइको जे६ रोजेको उनको भनाइ थियो ।
अफरोड र अनरोड दुवै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेकोले ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ४०० किलोमिटर डब्लुएलटीपी माथि रेन्ज दिने कम्पनी दाबी छ ।
अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे६ मा आकर्षक इन्टेरियर, ठुलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स फिचर दिइएको छ । जेइको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण