क्युबामाथिको आर्थिक दबाबको विरोध
काठमाडाैँ । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी क्युबामाथि आर्थिक र सैन्य दबाब ‘अस्वीकार्य’ भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने चेतावनी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले क्युबाविरूद्धको यो कदमको निन्दा गर्दै देशको अर्थतन्त्रलाई तहसनहस पार्ने प्रयास भएकाे बताए।
क्युबाका समकक्षी ब्रुनो रोड्रिगेजसँगको कुराकानीमा लाभरोभले ‘क्युबामाथि आर्थिक र सैन्य दबाबको अस्वीकार गर्ने बताउनुभएको थियो भने क्युवामा ऊर्जा आपूर्तिमा अवरोध गरिनु बेठिक हुने कुरा दोहोर्याएका छन् ।
रुसी मन्त्रीले टापुमा ऊर्जा आपूर्तिमा अवरोधले सार्वभौम एक देशको आर्थिक र मानवीय अवस्थालाई गम्भीर रूपमा बिगार्ने खतरा रहेको बताए।
उनले ‘क्युवालाई आवश्यक राजनीतिक र भौतिक सहयोग जारी राख्ने मस्कोको दृढ प्रतिबद्धता’ दोहोर्याए । एएफपीका क्युवा संवादाताका अनुसार क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने अमेरिकाको चेतावनीपछि हवानास्थित ग्यास खरिद् र भण्डारणका लागि स्टेशनहरूमा क्युबालीहरू लामो लाइनमा उभिने गरेका छन् ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि वासिङ्टन र हवानाबीचको तनाव पनि बढेको छ ।
सन् १९९१ मा सोभियत सङ्घको पतनपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गरिरहेको क्यारेबियन टापु क्युवामा पहिले नै बारम्बार प्रतिवन्धको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण