सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पेसी तोकियो
सारांश
- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दा विशेष अदालतमा पेसी तोकिएको छ।
- अख्तियारले पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो, जसमा उनका दाजु अनिल पौडेलको नाम पनि समावेश छ।
- पौडेलले पदमा रहँदा एक करोड १९ लाख आम्दानी गरे पनि २४ करोड ९४ लाख खर्च गरेको अख्तियारको ठहर छ।
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेयर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण