रुसले फेरि युक्रेनमाथि मिसाइल आक्रमण गर्न थाल्यो
किभ । छोटो युद्ध विरामपछि रुसले मङ्गलबार बिहानदेखि पुनः युक्रेनका प्रमुख सहरहरूमा मिसाइल आक्रमण सुरु गरेको छ । स्थानीय अधिकारीका अनुसार राजधानी किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो, जहाँ धेरै शक्तिशाली विस्फोट सुनिएको आफ्ना कर्मचारीले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
किभको सैन्य प्रशासन प्रमुख तिमुर त्काचेनकोले टेलिग्राममा लेखेअनुसार बहुतले आवासीय भवनहरू र एउटा किन्डरगार्टन क्षतिग्रस्त भएका छन् । तापमान माइनस २० डिग्री सेल्सियसभन्दा तल झरेका बेला सयौँ नागरिकहरू भूमिगत मेट्रो स्टेसनमा शरण लिन बाध्य भएका छन् । युक्रेनी वायुसेनाले पूर्वी सहर द्निप्रोमा पनि ब्यालेस्टिक मिसाइल आक्रमण भइरहेको बताएको छ । दोस्रो ठुलो सहर खार्किभमा मिसाइल र ड्रोन प्रहार गरिएको मेयर इहोर तेरेखोभले जानकारी दिएका छन् ।
गत साता रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत अनुरोधपछि प्रमुख सहर र ऊर्जा पूर्वाधारमा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति दिएको थियो । यो सहमति अबुधाबीमा रुस–युक्रेन–अमेरिका त्रिपक्षीय वार्तापछि आएको थियो ।
यो सन् २०२२ को शुरुमा युक्रेन युद्ध शुरु भएयता पहिलो प्रत्यक्ष वार्ता थियो । विराम अवधिमा रुसले ऊर्जा केन्द्रहरूमा प्रहार नगरे पनि सामान ढुवानी गर्ने मार्ग र यातायात संरचनामा लगातार आक्रमण जारी राखेको युक्रेनी अधिकारीहरूले बताएका छन् । यी आक्रमणमा मानवीय क्षति भएको बताइएको छ । नयाँ आक्रमणले शान्ति प्रयास कमजोर बनेको र युद्ध फेरि तीव्र चरणमा फर्किएको संकेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण