हललाई निर्देशक राउतको पत्रः ‘कुमारी’ साउन्ड ५.५ भन्दा कम भोल्युममा प्रदर्शन नगर्नू
काठमाडौँ । निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’ ५.५ भन्दा कम भोल्युम युनिटमा प्रदर्शन नगर्न फिल्म हललाई अनुरोध गरेका छन् ।
उनले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निस्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरका विषयमा जानकारी गराएका हुन् । ‘कुमारी’लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको समेत उनले बताएका छन् ।
‘उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकून् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन राम्रो गरिएको छ,’ निर्देशक राउतले भनेका छन्, ‘साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको हो ।’
फिल्मको ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको समेत राउतको भनाइ छ ।
‘फिल्मको प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा फिलम प्रदर्शन नगर्न अनुरोध गर्छु,’ उनले भने ।
‘हामीले रचनात्मक रूपमै ५.५ फेडर युनिटलाई आधार मानेर काम गरेका हौँ । दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्नका लागि व्यावसायिक प्रदर्शन अघि एक पटक अनिवार्य ‘टेस्ट रन’ गरिदिन हामी आग्रह गर्दछौँ’, राउतको पत्रमा लेखिएको छ ।
‘कुमारी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । प्रेमकथामा निर्माण भएको फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण