म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ ।
बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको हो । दुई सय १२ जना निर्वाचन प्रहरी माग गरेकोमा मङ्गलबार बिहानसम्म १०२ जना सम्पर्कमा आएका बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
म्याग्दीबाट गएकासहित एक हजार २४० जनालाई तालिम दिन सुरु गरेको उनले बताए । तीन पटक म्याद थप्दासमेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ लगिएको हो ।
निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८६१ निर्वाचन प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । उनीहरूका लागि बेनीको खुला मञ्च खेल मैदान र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा १० दिने तालिम सञ्चालनल भएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो ।
६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अतिसंवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण