भारतबाट मागभन्दा धेरै ग्यास आयात, अनावश्यक रुपमा स्टक नगर्न निगमको आग्रह
बुधबार, २१ माघ २०८२, ११ : ३४
काठमाडौँ । नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रुपमा एलपीजी ग्यास स्टक नगर्न आग्रह गरेको छ। अभावको हल्लाका कारण उपभोक्ताले अनावश्यक स्टक गर्न थालेपछि बजारमा केही समस्या देखिएको निगमको बुझाइ छ ।
निगमका प्रवन्ध निर्देशक चण्डिका भट्टले भारतबाट मागभन्दा धेरै ग्यास आयात भइरहेको बताए । आगामी चुनावको अवधिभर पनि ग्यासको आपूर्ति निरन्तर हुने व्यवस्था कायम रहेको उनले जानकारी दिए ।
भट्टका अनुसार पछिल्लो तीन दिनमा आयल निगममार्फत आयात गरिएको एलपीजी ग्यासको लोडिङ शनिबार ११८ वुलेट (१४९,५०० सिलिण्डर), सोमवार ११५ वुलेट (१४५,७०० सिलिण्डर) र मंगलवार १३२ वुलेट (१६७,३०० सिलिण्डर) रहेको छ। यीमध्ये केही वुलेटहरू अझै बाटोमा रहेको र चाँडै नेपाल प्रवेश गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण