चुनाव शासन प्रणाली बदल्ने अवसर पनि हो : उपेन्द्र यादव
सारांश
- उपेन्द्र यादवले निर्वाचनलाई शासन प्रणाली परिवर्तन गर्ने अवसरको रूपमा व्याख्या गरे।
- जसपा नेपाल युवा पुस्ताको चेतना र जवाफदेही शासनको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए।
- उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि मतदातासँग साथ मागे।
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनलाई केवल सरकार फेरबदलको प्रक्रिया मात्र नभई शासन प्रणालीको चरित्र नै परिवर्तन गर्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवा पुस्ताको चेतना, प्रश्न गर्ने साहस र जबाफदेही शासनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।
उनले जसपा नेपालले युवाहरूको यो आकांक्षालाई नारामा मात्र सीमित नराखी नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने दाबी गरे। आजको युवा पुस्ता पारदर्शी निर्णय प्रक्रिया र राजनीतिक हस्तक्षेपमुक्त सरकारी निकायको पक्षमा रहेको उल्लेख गर्दै यादवले सुशासन बिना विकास र भ्रष्टाचार नियन्त्रण बिना लोकतन्त्र बलियो हुन नसक्ने धारणा राखे ।
युवाहरूले बेरोजगारी र अवसरको अभाव भोग्नुपरेको प्रति चिन्ता व्यक्त गर्दै उनले अनियमितता र बेथिति विरुद्ध कठोर एजेन्डासहित जसपा नेपाल मैदानमा उत्रिएको बताए । अब चुप लागेर बस्ने नभई परिवर्तनको नेतृत्व गर्ने समय आएको भन्दै उनले स्वच्छ र पारदर्शी शासनका लागि मतदातासँग साथ मागे।
जसपा नेपालले आफ्नो चुनावी घोषणापत्रमार्फत विगतदेखि वर्तमानसम्मका सबै भ्रष्टाचार काण्डको निष्पक्ष र स्वतन्त्र छानबिन गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। छानबिनका क्रममा दोषी पाइएमा पूर्व वा वर्तमान पदाधिकारी, राजनीतिक नेता, कर्मचारी वा व्यवसायी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुने उनले उद्घोष गरे। पद, पहुँच र राजनीतिक संरक्षणका आधारमा अब कसैले पनि उन्मुक्ति नपाउने उनको तर्क थियो।
अध्यक्ष यादवले अख्तियार, अदालत र अनुसन्धान गर्ने निकायहरूलाई पूर्ण रूपमा स्वायत्त र सशक्त बनाउनु पर्नेमा जोड दिए । उनले सार्वजनिक सूचनामा पहुँचको अधिकारलाई प्रभावकारी बनाउँदै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण