अरूलाई कटाक्ष गर्दैनौ, आफ्ना योजना कार्यान्वयन गर्छौँ : ईश्वर पोखरेल
सारांश
- ईश्वर पोखरेलले एमालेलाई सिध्याउन षड्यन्त्र भइरहेको दाबी गरे।
- उनले पार्टीभित्र सुदृढ हुन आवश्यक रहेको र सामाजिक सद्भावलाई कायम राख्ने बताए।
- पोखरेलले आगामी निर्वाचनमा एमालेको राम्रो नतिजा आउने दाबी गरे।
काठमाडौँ । नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौँ उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ’, पोखरेलले भने, ‘हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’
नेता पोखरेलले राष्ट्रिय हित, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको सवाल उठाएर पार्टीले घोषणापत्र बनाउने भन्दै सामाजिक सदभाव राष्ट्रिय एकताको आधार भएकाले त्यो भत्काउने कुरामा एमाले सहमत हुन नसक्ने बताए । नेता पोखरेलले एमाले अरूमाथि कटाक्ष गर्ने नभई आफ्ना कार्ययोजनामा केन्द्रीत भएर काम गर्ने पार्टी भएको दाबी समेत गरे ।
उनले जेनजीले उठाएका माग अनुचित नभएको भन्दै जेनजी आन्दोलन हाइज्याक भइसकेपछि स्थिति षड्यन्त्रतर्फ धकेलिएकाले त्यसपछि के के भयो भन्ने कुरा प्रस्ट भएको बताए ।
आन्दोलनलाई सोलोढोलो बुझ्न नहुने भन्दै २ दिने आन्दोलनलाई फरक फरक ढङ्गले बुझ्नुपर्ने पोखरेलको भनाई छ । उनले उपत्यकामा एमालेले आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण