काठमाडौँ महानगरका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।
सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक र कर्मचारीको नाम ‘डाटा इन्ट्री’ र ‘फेस रिडिङ’ भइसकेको छ ।
विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए । उक्त प्रणालीका लागि कामपाका आन्तरिक जनशक्तिले काम गरेका छन् ।
यसले, कामपाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ । प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ ।
तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना कामपाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, “कामपाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नुपर्दैन ।”
प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताए ।
यो प्रणाली व्यक्तिगत प्रोफाइल समेत हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइने पनि कामपाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण