सङ्घीयताको बलियो आधार नै प्रदेश : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशको नवौँ स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ ।
लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो ।
मूल समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
उनले लुम्बिनी प्रदेशलाई फरक ढङ्गले सञ्चालनका लागि नेतृत्वले देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताए ।
उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे ।
प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको ८ वर्ष पूरा हुँदै गर्दा सङ्घीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए ।
उनले प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको स्पष्ट पारे । प्रदेश सरकारले सुशासन, पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको जानकारी दिए ।
प्रदेश सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए ।
पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए ।
उक्त अवसरमा खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
प्रदेश स्थापना दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण