मेक्सिकोले अमेरिकातर्फ निश्चित पानी पठाउने
सारांश
- मेक्सिको र अमेरिकाबीच जल सम्झौता भएको छ, जसअनुसार मेक्सिकोले अमेरिकालाई पानी पठाउनेछ।
- सम्झौताअनुसार मेक्सिकोले हरेक वर्ष अमेरिकामा ३ लाख ५० हजार एकड फिट पानी पठाउनेछ।
- अमेरिकाले मेक्सिकोलाई पानी कम पठाएको आरोप लगाएको थियो, जसले टेक्सासका किसानलाई असर गरेको थियो।
मेक्सिको सिटी । मेक्सिको र अमेरिकाबिच जल सम्झौता भएको छ ।
सम्झौताअनुसार मेक्सिकोले बर्सेनि अमेरिकातर्फ निश्चित परिमाणमा पानी पठाउनेछ । मेक्सिकोले बढी पानी नछाडे त्यहाँबाट अमेरिका आउने सामानमा ५ प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए । महिनौँदेखि दुई देश यस विषयमा छलफलरत थिए ।
नयाँ सम्झौता अनुसार मेक्सिकोले अहिलेको पाँच वर्षे चक्रअन्तर्गत हरेक वर्ष अमेरिकामा कम्तीमा ३ लाख ५० हजार एकड फिट पानी पठाउनेछ । एक एकड फिट पानी भनेको एक फिटसम्म गहिराइमा एक एकड जग्गा ढाक्ने पानी हो ।
दुई देशबिच सन् १९४४ मा एउटा जल सन्धि भएको थियो, यसमा मेक्सिकोले बर्सेनि न्यूनतम् पानी अमेरिकातर्फ छाड्ने प्रतिबद्धता गरेको थियो । अहिलेको चलिरहेको सम्झौताअन्तर्गत मेक्सिकोले हरेक पाँच वर्षमा पाँच सहायक नदीबाट अमेरिकातर्फ १७ लाख ५० हजार एकड फिट पानी छाड्नु पर्थ्यो ।
तर सुरुवाती वर्षहरूमा कम पानी उपलब्ध गराएको र पछिल्ला वर्षहरूमा त्यसको क्षतिपूर्ति गरेको आरोप अमेरिकाले मेक्सिकोलाई लगाएको छ । मेक्सिकोको यस व्यवहारले टेक्सासका किसानहरूलाई हानि पुगेको अमेरिका बताउँछ । नयाँ सम्झौताले न्यूनतम वार्षिक पानी आपूर्ति अनिवार्य पारेकोले यो समस्या हट्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण