नेजस अमेरिकाको डालस च्याप्टरद्वारा समाजसेवी र नेताहरूलाई सम्मान
डालस (अमेरिका) । नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको डालस फोटवर्थ च्याप्टरको नवनिर्वाचित कार्यसमितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको नेजस डीएफडब्ल्यू च्याप्टरको गत डिसेम्बरमा अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले उज्वल खत्री सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । खत्रीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले गत आइतवार डालसमा समाज र संगठनमा उल्लेखनिय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
आइतबार सम्पन्न कार्यक्रममा सुन्दर कर्माचार्य, अमृत सापकोटा, भगवान मैनाली, ओम भट्टराई तथा ज्ञानेन्द्र कार्कीलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवा व्यक्तित्वहरू, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा सभापति खत्रीले नेपाली जनसम्पर्क समिति डिएफडब्ल्यू च्याप्टरको समितिको औपचारिक पदभार ग्रहण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खत्रीले नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले 'बदलिएको कांग्रेस, बदलिन्छ देश' भन्ने नारालाई व्यवहारमा उतार्न प्रवासमा रहेका सबै कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूलाई संगठित भएर लाग्न आह्वान गरेका छन् ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाले औपचारिक रूपमा गरेको यो नै पहिलो कार्यक्रम हो । सभापति खत्रीले पार्टीभित्र अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै प्रवासमा रहेर पनि मातृभूमिको समृद्धि, लोकतन्त्रको संरक्षण तथा नेपाली कांग्रेसको सुदृढीकरणका लागि निरन्तर योगदान आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन समितिका काषाध्यक्ष राजु कोइरालाले गरेका थिए उपाध्यक्ष मधुर खरेलले स्वागत मन्तव्य व्यक्त राखेका थिए । यसै अवसरमा सचिव आकाश अधिकारीले चालु वर्षका लागि संगठनको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेता ज्ञानेन्द्र कार्कीले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै आगामी निर्वाचनमा अझ बलियो, संगठित र प्रभावकारी रूपमा अघि बढ्न सबैलाई आग्रह गरे ।
११ वर्षपछि गत डिसेम्बरमा सम्पन्न समितिको चौथो अधिवेशन खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण