जापानमा भारी हिमपात, ३५ जनाको मृत्यु
सारांश
- जापानमा भारी हिमपातका कारण ३५ जनाको मृत्यु भयो र ३५८ जना घाइते भए।
- निगाता, अकिता लगायतका प्रान्तहरूमा मानवीय क्षति भएको रिपोर्ट आयो।
- हिमपातका कारण हिमपहिरो र यातायात अवरोधको खतरा बढेको छ।
काठमाडौँ । जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभरमा ३५ जनाको मृत्यु हुनुको साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दिएको छ ।
निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरीलगायतका धेरै प्रान्तहरूमा हताहती भएको जापानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी रिपोर्ट गरेका छन् ।
जापानको समुद्री तटमा रहेको निगाता प्रान्तमा बुधबारसम्म १२ जनाको मृत्यु भएको छ ।
अग्नि अधिकारीहरूका अनुसार धेरै मृत्युहरू हिउँ हटाउने कार्यको क्रममा भएका बताइएको छ । चिसोका कारण अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम जारी रहेको छ।
जापानको मौसम विज्ञान निकायका अनुसार हिउँदे चिसोको चापको निरन्तरता कारण मुख्यतया उत्तरी र पश्चिमी जापानको समुद्रमा भारी हिमपात भएको छ। सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४.३ मिटरभन्दा बढी जमेको छ भने निगाताका केही क्षेत्रमा करिब तीन मिटर हिउँ जमेको छ ।
क्योदो न्यूजका अनुसार खराब मौसमले १४ आवासीय भवनहरूमा पनि क्षति पुर्याएको छ। जापानका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अधिकारीहरूले बासिन्दाहरूलाई हिमपहिरो, छतबाट खस्ने हिउँ र यातायात अवरोधबाट सतर्क रहन चेतावनी दिइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण