तत्कालीन न्यायाधीश अधिकारीले पुनर्बहालीको माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै
सारांश
- तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
- अधिकारीलाई कार्यक्षमताको अभाव, खराब आचरण र फैसलामा कैफियत देखाएको आरोपमा न्याय परिषद्ले बर्खास्त गरेको थियो।
- आर्थिक लेनदेन गरेको आरोपमा छानबिनपछि अधिकारीलाई बर्खास्त गरिएको थियो, तर पहिले माफी समेत दिइएको थियो।
काठमाडौँ । न्याय परिषद्को सिफारिसमा तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पटक पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो ।
बर्खास्तीको केही समय अगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो । अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो ।
न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए । तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण