गायिका ज्योति मगर भन्छिन्, ‘झण्डा ओढ्ने राष्ट्रवादीहरू देखेँ, राष्ट्रप्रेमी देखिनँ’
काठमाडौँ । गायिका ज्योति मगर सामाजिक सञ्जालमा लेख्ने स्टाटसका कारण सधैँ चर्चामा आउँछिन् । उनी सामाज होस् वा राजनीतिक विकृति विसंगति, कडा आक्रोश पोख्छिन् । अहिले भने उनले राष्ट्रिय झण्डाको आवरणमा देशलाई नै क्षति पुर्याउने प्रवृति बढेको भन्दै चिन्ता प्रकट गरेकी छन् । उनले सामाजिक सञ्जालमा बिहीबार एक पोस्ट गर्दै यस विषयमा चिन्ता पोखेकी हुन् ।
‘नेपालको झण्डा ओढेर राजनीति गरेको देखेँ, झण्डा ओढेरै देश छोड्दै गरेको र नागरिकता त्यागेको पनि देखेँ । देशकै झण्डा ओढेर देश नै खतम छ भन्दै गाली गरेको पनि देखेँ’, उनी लेख्छिन् ‘देशको झण्डा ओढेर एक पटक देश बिदेशीलाई दियो भने भारतमा ब्रिटिसले बिकास गरे जस्तै बिकास गर्दिन्छन् भनेको नि देखे ।’
झण्डा ओढेर देश जलाएको देख्दा आफूलाई सबैभन्दा बढी दर्द भएको उनले बताएकी छन् ।
उनी सबैभन्दा बढी पीडा देशमा हुने हिंसात्मक गतिविधि र त्यसलाई राष्ट्रवादको नाम दिनेहरूबाट भएको लेखेकी छन् । ‘सबैभन्दा दर्द त त्यतिबेला भयो जब नेपालको झण्डा ओढेर नेपाल जलाएको देखेँ । देशको झण्डा ओढेर नेपाल जलेको खुसियालीमा ‘भिक्ट्री पोज’मा फोटो खिचेको देखेँ,’ उनको पोस्टमा छ ।
धेरै झण्डा ओढ्ने राष्ट्रवादीहरू देखे पनि राष्ट्रियता र राष्ट्रप्रेमी नदेखेको उनको लेखाइ छ । ‘मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झण्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारपूर्वक टुलुटुलु हेर्नु मेरो आजभोलिको दिनचर्या भएको छ,’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण