एमाले पौवादुङमा पालिका सचिव कार्कीद्वारा पार्टी परित्याग घोषणा
सारांश
- नेकपा एमाले पौवादुङमा गाउँपालिका सचिव तुलसी कार्कीले पार्टी परित्याग गरेका छन्।
- उनी २०७९ को निर्वाचनमा वडाध्यक्षको उम्मेदवार थिए र २ मतले पराजित भएका थिए।
- पार्टी परित्यागले आगामी निर्वाचनमा एमालेलाई भोजपुरमा क्षति पुग्न सक्ने अनुमान छ।
भोजपुर । नेकपा (एमाले) पौवादुङमा गाउँपालिका भोजपुरका पालिका कमिटी सचिव तुलसी कार्की (कुशल) ले पार्टी परित्याग गरेका छन् । बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकबाट सो घोषणा गरेका हुन् । कार्की २०७९ को निर्वाचनमा पौवादुङमा गाउँपालिकाको वडा–३ बाट नेकपा (एमाले) वडाध्यक्षको उम्मेदवार थिए ।
निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार तीर्थबहादुर कार्कीसँग २ मतले पराजित बनेका थिए । कार्की बाल सञ्जालको नेतृत्व गर्दै स्थानीय राजनीतिमा आएका थिए। कार्की नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको पूर्व सदस्य समेत थिए। उनको पार्टी परित्याग सँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) लाई भोजपुरमा क्षति पुग्ने उनका निकटस्थहरूले बताएका छन् ।
उनले आफू राजनीतिक व्यक्ति भएको कारण सबैसँग छलफल गरेपछि मात्रै कुन पार्टीमा जाने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘कोही साथी नेपाली कम्युनिस्टको पक्षमा, कोही रास्वपा भनिरहेको हुनाले अहिले निष्कर्षमा पुगिएको छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण