महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता
उदयपुर । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए। गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताए।
उक्त लिगमा १० ‘ए’ डिभिजन तहका महिला टोलीले सहभागिता जनाउने महासचिव राईले बताए। आयोजकका अनुसार प्रतियोगितामा न्युरोड महिला फुटबल टोली काठमाडौँ, गाईघाट महिला फुबटल टोली उदयपुर, त्रिभुवन आर्मी महिला टोली, नेपाल पुलिस, क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, आरएस रिसोर्ट, क्लब चर्च युनियन, छहारी युथ क्लब, सङ्कटा युथ क्लब, रिले युथ क्लबलगायतले भाग लिने छन् । प्रथम हुने टोलीलाई रु सात लाख ५० हजार पुरस्कार र ट्रफी तथा दोस्रो हुनेलाई रु पाँच लाख नगद र प्रमाणपत्र प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण