सत्र लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
शुक्रबार, २३ माघ २०८२, १३ : ५४
काठमाडौँ । रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै रु १७ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्ये लामिछाने अष्ट्रेलिया पठाउने भन्दै रु नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै रु आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण