'सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने गरी आवश्यक तयारी गर्नुपर्छ'
काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सम्बन्धित निकायले त्यसमा रोक लगाउनुपर्ने समेत बताए।
उनले राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीको दृष्टिकोणसहित जनतामा प्रस्तुत भएर उनीहरुको विश्वास जित्ने गरी अघि बढ्न आवश्यक रहेको बताए। सांसद शर्माले राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोण जनतामा लिएर जान नसक्ने हो भने त्यसले जनतामा भ्रम सृजना हुने खतरा रहेको बताए।
उनले भने, ‘अब निर्वाचन आयो, निष्पक्ष होस्, शान्तिपूर्ण होस्, राजनीतिक दलहरुले निर्वाचनमा तँछाडमछाड भन्दा सैद्धान्तिक दृष्टिकोण समाजवाद हो कि, जनवाद हो कि । लोकतन्त्र हो कि । आफ्नो स्पष्ट दृष्टिकोण राखेपछि जनतालाई बुझाउन सजिलो हुन्छ । फेसबुकमा जथाभावी लेखेको छ, तथानाम गालीगलौज गरेको छ । त्यसले मुलुकलाई गलत बाटोमा लैजान्छ । त्यसकारण सबै राजनीतिक दलहरुले आफ्नो दृष्टिकोणसहित निर्वाचनमा जान आवश्यक छ ।’
सांसद शर्माले जाजरकोट लगायतका भूकम्प पीडितका लागि राहतको व्यवस्थापनमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण