बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छ : सांसद दाहाल

शुक्रबार, २३ माघ २०८२, १४ : ५४
शुक्रबार, २३ माघ २०८२

काठमाडाैँ । राष्ट्रियसभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गरेकी छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उलले सो माग गरेकी हुन् ।

अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भइरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाइ थियो । उनले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताइन् ।

सांसद दाहालले भनिन्, ‘स्वास्थ्य विमाको विषयमा सर्वसाधारण जनताले उपयोग गरिरहेको विषयबस्तु अहिले अस्पतालहरुले सरकारले बजेट नदिएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले चासो लिएको भन्ने पनि सुनियो । यसको व्यवस्थापनका लागि के भएको हो, जानकारी गराउन म सरकारसँग माग गर्दछु ।’

प्रधानमन्त्री सुुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप