‘बिगुल’को कार्यक्रममा कलाकारले के भने ?
सारांश
- वरिष्ठ अभिनेता नीर शाहले 'बिगुल' जस्तो वास्तविक कथामा फिल्म कम बन्ने बताए।
- निर्देशक रमेश कोइरालाले 'बिगुल' भुइँमान्छेको कथा भएको र हरेक नागरिकले हेर्नुपर्ने बताए।
- 'बिगुल' फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने र नेपाल जेसिसले प्रचार गर्ने सम्झौता भयो।
काठमाडौँ । वरिष्ठ अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वर्तमानको वास्तविक कथामा बिरलै फिल्म बन्ने बताएका छन् । निर्माण युनिटले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस भएको धारणा राखे । उनले ‘बिगुल’ आम नेपालीमाझ भन्नै पर्ने कथामा बनेको बताउँदै यस प्रकारका फिल्म निर्माणमा अझै जोड दिनुपर्ने बताए ।
कार्यक्रममा निर्देशक रमेश कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा भएको र वर्तमान राजनीति परिदृश्यसँग निकै मिल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने धारणा राखे । उनले फिल्ममा भरपुर मनोरञ्जनका साथै आम नेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश समाहित भएको दाबी गरे ।
अभिनेत्री बेनिशा हमालले ‘बिगुल’ मा आफू निकै चुनौतीपूर्ण भूमिकामा रहेको बताउँदै आइरहेका फिल्महरू भन्दा अलि फरक र देशप्रेमी फिल्म भएको बताइन् । उनले हरेक नेपालीले ‘बिगुल’ हेर्नुपर्ने राय राखिन् ।
अभिनेता नरेन खड्काले ‘बिगुल’ मा आफू युवा शक्तिको रूपमा प्रस्तुत भएको खुलाउँदै आफ्नो देशप्रति सचेत र जागरूक सबैले फिल्म मन पराउने विश्वास व्यक्त गरे । उनले ‘बिगुल’ मा अभिनय गर्नुअघि आफूले केही युवा नेताहरूको जीवनशैली,तौरतरिका गहन रूपले अवलोकन गरेको बताए ।
निर्माता कोइरालाले ‘बिगुल’ मा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यको चिन्तामा छटपटाइरहेका युवा पुस्ता र सङ्घर्षशील महिलाहरूको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताए
फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई नेपाल जेसिसले पनि प्रचारमा सधाउने भएको छ । पत्रकार सम्मेलनमा ‘बिगुल’ निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बिच यस विषयमा सम्झौता भयो ।
म्याग्नेलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, रवीन्द्र खड्का, शिशिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुषी शर्मा, नव अभिनेत्री मिरा पण्डितलगायतका कलाकारको अभिनय छ । फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण