गृह जिल्ला झापा पुगे केपी ओली
शुक्रबार, २३ माघ २०८२, १६ : २८
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र पुगेका छन्।
- उनले झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे।
- ओलीलाई नेता तथा कार्यकर्ताले चन्द्रगढी विमानस्थलमा स्वागत गरे, र उनी एक साता झापामै रहनेछन्।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र झापा पुगेका छन् । शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै अध्यक्ष ओली चुनावी जिल्ला तथा क्षेत्र झापा पुगेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरे ।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व सभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । अध्यक्ष ओली अबको एक साता झापामै रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण