शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै दलहरू, अप्ठेरोमा एमाले

शुक्रबार, २३ माघ २०८२, २२ : ०२
शुक्रबार, २३ माघ २०८२

आज २०८२ माघ २३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै दलहरू

जेनजी आन्दोलनपछि फागुन २१ मा हुन गइरहेको चुनावमा अधिकांश दलहरू घोषणापत्र बिना नै होमिएका छन् । विभिन्न आश्वासन दिएर दलहरूले मतदातालाई रिझाउने काम गरिरहेका छन् । 

  • न्यायिक वृत्तमा तरङ्ग 

 सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्लाई सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेपछि न्यायिक क्षेत्रमा तरङ्ग पैदा भएको छ। 

  • निर्वाचन

प्रजातन्त्र स्थापना भएको ७५ वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै ठुलो संकट आएको विश्लेषण हुन थालेको छ। नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संघर्षका कारण २००७ सालमा १०४ वर्षे निरंकुश जहानियाँ राणा शासन ढलेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण  (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ ।

थप 

  • तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले 

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ ।

  • के कलाकारले फरक विचार राख्न नपाउने हो ? 

पछिल्लो समय नेपाली कला क्षेत्रमा यी प्रश्नहरू पेचिलो बनेर उब्जिएका छन्  । समाज यस्तो अवस्थामा पुगेको छ कि, कुनै कलाकारले आफ्नो राजनीतिक आस्था वा व्यक्तिगत धारणा सार्वजनिक गर्नासाथ असहमति राख्ने पक्षबाट उनीहरूमाथि निर्मम प्रहार सुरु हुन्छ । एउटा दल वा व्यक्तिलाई समर्थन गर्दा अर्को पक्षको तारो बन्नुपर्ने डरलाग्दो प्रवृत्तिले समाजलाई गाँजेको छ ।

थप 

  • नागढुंगा सुरुङमार्ग सञ्चालनमा चिनियाँ कम्पनी इच्छुक

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै तीन महिना लाग्ने आयोजनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप