बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

शुक्रबार, २३ माघ २०८२, १६ : ००
शुक्रबार, २३ माघ २०८२

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ।
  • प्रहरीले प्रसाईंलाई पक्राउ गरेपनि, के आरोप लागेको छ भन्ने खुलाएको छैन।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप