निर्वाचन आयोगले प्रसाईंलाई निगरानी गर्न भन्यो, साइबर ब्युरोले पक्राउ गर्यो
सारांश
- निर्वाचन आयोगको पत्रका आधारमा दुर्गा प्रसाईंलाई साइबर ब्युरोले पक्राउ गरेको छ।
- प्रसाईंलाई दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको थियो, उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ।
- प्रसाईंले निर्वाचन नहुने अभिव्यक्ति दिएका थिए र पर्सामा आचारसंहिता विपरीत सभाको आयोजना गरेका थिए।
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगको पत्रका आधारमा पक्राउ गरेको खुलेको छ ।
प्रर्साईंलाई ब्युरोको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो । आयोगले शुक्रबार ब्युरोलाई प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूलका हुनेगरी काम कारबाही गरेकोले भन्ने जानकारी आएको भन्दै के कसो भएको हो निगरानी गर्नु भन्दै पत्र पठाएको थियो ।
‘हामीले प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूलका हुनेगरी काम कारबाही गरेकोले के कसो भएको हो निगरानी गर्नु भन्दै आज पत्र पठाएका थियौँ,’ आयोगका एक पदाधिकारीले रातोपाटीसँग भने, ‘ब्युरोले पक्राउ गरेको जानकारी आएको छ ।’
प्रसाईंले सरकारले फागुन २१ गते निर्वाचन गर्न चाहेको छैन, निर्वाचन हुँदैन भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका थिए । उनले शनिबार पर्सामा निर्वाचन आचारसंहिता विपरीत सभाको आयोजना गरेका थिए । त्यो जानकारी आयोगमा आएपछि आयोगले ब्युरोलाई पत्र पठाएको थियो ।
आयोगको पत्र आएपछि ब्युरोले बुझ्दा प्रसाईं पर्साको कार्यक्रममा सहभागी हुन जान लागेको जानकारी पायो । र पर्सा जाँदै गरेको अवस्थामा ब्युरोको टोलीले चाल्नाखेलबाट पक्राउ गर्यो ।
ब्युरोका प्रहरी अधिकारीहरूका अनुसार शुक्रबार नियन्त्रणमा लिएपछि शनिबारको कार्यक्रममा प्रसाईं रोकिइहाल्छन्, आइतबार सामान्य तारिकमा छोडिन्छ भन्ने रणनीतिका साथ पक्राउ गरिएको हो । यसबारे उनीहरू औपचारिक रूपमा बताउन भने चाहँदैनन् ।
प्रसाईं यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएपछि आयोगले आधिकारिकता दिएको भन्ने विवादित अभिव्यक्ति पछि प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको थियो । अर्को दिन उनलाई काठमाडौँ ल्याएर सामान्य तारेखमा छोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण