शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
१२ बजे १२ समाचार

बल्झिरहने दीर्घरोग बन्यो स्वास्थ्य बीमा कार्यक्रम, समाप्त हुँदैछ विश्व क्रिकेटको महाकुम्भको प्रतीक्षा

शुक्रबार, २३ माघ २०८२, २३ : ५९
शुक्रबार, २३ माघ २०८२

सारांश

  • स्वास्थ्य बीमा कार्यक्रममा समस्या फेरि बल्झिएको छ, टिचिङ हस्पिटल लगायतका अस्पतालले सेवा बन्द गरे।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई निर्वाचन आयोगको निगरानीपछि साइबर ब्युरोले पक्राउ गरेको छ।
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ, जसले गाउँमा शोक छाएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. बल्झिरहने दीर्घरोग बन्यो स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य बीमा कार्यक्रमको संकट फेरि एकपटक सतहमा देखिएको छ । आर्थिक वर्षको सुरुवातमा केही कम हुने बीमासम्बन्धी समस्या फेरि बल्झिएको हो ।

केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) र शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र (गङ्गालाल हस्पिटल) लगायत अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको भन्दै सूचना प्रकाशित गरे ।

२. पुरानै मुद्दा बेचेर मतदाता फकाउँदै दलहरू

जेनजी आन्दोलनपछि फागुन २१ मा हुन गइरहेको चुनावमा अधिकांश दलहरू घोषणापत्र बिना नै होमिएका छन् । विभिन्न आश्वासन दिएर दलहरूले मतदातालाई रिझाउने काम गरिरहेका छन् । 

३. नागढुंगा सुरुङमार्ग सञ्चालनमा चिनियाँ कम्पनी इच्छुक

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै तीन महिना लाग्ने आयोजनाले जनाएको छ । 

४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । 

५. तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले 

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ ।

६. न्यायिक वृत्तमा तरङ्ग 

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्लाई सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेपछि न्यायिक क्षेत्रमा तरङ्ग पैदा भएको छ। 

७. निर्वाचन

प्रजातन्त्र स्थापना भएको ७५ वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै ठुलो संकट आएको विश्लेषण हुन थालेको छ। नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संघर्षका कारण २००७ सालमा १०४ वर्षे निरंकुश जहानियाँ राणा शासन ढलेको थियो।

८. अदालत 

नेपाल नागरिक उड्डयन प्राधिकरण  (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ ।

९. के कलाकारले फरक विचार राख्न नपाउने हो ?

पछिल्लो समय नेपाली कला क्षेत्रमा यी प्रश्नहरू पेचिलो बनेर उब्जिएका छन्  । समाज यस्तो अवस्थामा पुगेको छ कि, कुनै कलाकारले आफ्नो राजनीतिक आस्था वा व्यक्तिगत धारणा सार्वजनिक गर्नासाथ असहमति राख्ने पक्षबाट उनीहरूमाथि निर्मम प्रहार सुरु हुन्छ । एउटा दल वा व्यक्तिलाई समर्थन गर्दा अर्को पक्षको तारो बन्नुपर्ने डरलाग्दो प्रवृत्तिले समाजलाई गाँजेको छ ।

१०.‘संसद् पुनर्स्थापनाको सम्भावना छैन, देउवा समूहले आधिकारिकता पाउने देखिँदैन’

नेपाली कांग्रेसभित्रको किचलोका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले निर्णय, यदि निर्वाचन जिते माधव नेपाल र रवि लामिछानेले सांसदको शपथ लिन पाउँछन् कि पाउँदैनन् ? लगायत विषयमा प्रा. डा.पण्डितसँग रातोपाटीले लामो कुराकानी गरेको छ ।

११. टी–२० विश्वकप

टी–२० विश्वकप शनिबारदेखि सुरु हुँदैछ। यसमा २० टोलीका ३०० खेलाडीहरू सहभागी हुनेछन्। भारत र श्रीलंकाको आयोजनामा भइरहेको यस प्रतियोगितामा ४८ प्रतिशत खेलाडीले ३० वर्षको उमेर पार गरिसकेका छन्। 

१२. विवाहको खुसी साट्न नपाउँदै भिरबाट खस्यो जन्ती बोकेको बस

बिहीबार साँझको समय थियो। बैतडीको पुर्चौडी नगरपालिका–७, भवनेमा विवाहको उल्लास सकिएर जन्तीको टोली बझाङ फर्कने तयारीमा थियो। 
दुलही अन्माएपछि बेहुला पक्षका आफन्त र गाउँलेहरू खुसी साट्दै बसमा चढे। गन्तव्य थियो– बझाङको बित्थडचिर।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप