निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कल’ समूहका २५ जना पक्राउ
सारांश
- सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा 'द डेन्जरस स्कुल' समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ।
- उक्त समूहले अनुमति बिना झन्डा बोकेर मोटरसाइकल र्याली निकालेको थियो, जसले सार्वजनिक शान्ति भंग गरेको प्रहरीले जनाएको छ।
- प्रहरीले र्यालीमा संलग्न व्यक्तिहरूबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।
सुर्खेत । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट ‘द डेन्जरस स्कुल’ (THE DANGEROUS SKULL) नामक समूहमा आबद्ध २५ जना युवाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए।
उनका अनुसार वीरेन्द्रनगर–३ तातापानीमा आधारित सो समूहले स्थानीय प्रशासनको अनुमति बिना कालो र सेतो रङको झन्डा बोकी मोटरसाइकल र्याली निकालेको थियो । ‘र्यालीका क्रममा होहल्ला गरी सार्वजनिक शान्ति भङ्ग गरेको र आसन्न निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्यहरू गरी सुरक्षा चुनौती थप्यो,’ उनले भने ।

लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको विशेष प्रहरी टोलीले दिउँसो २: ५० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको छ ।
बुढ्थापाले निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्नेगरी बिना अनुमति र्याली निकाल्ने र आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताए । ‘नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण