शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

रोमारियो शेफर्डको ह्याट्रिक, स्कटल्यान्डमाथि वेस्ट इन्डिजको शानदार जित

शनिबार, २४ माघ २०८२, १९ : ०४
शनिबार, २४ माघ २०८२

कोलकाता । वेस्ट इन्डिजका बलर रोमारियो शेफर्डले टी–२० विश्वकपको पहिलो दिन नै ह्याट्रिक लिँदै तहल्का मच्चाएका छन् । उनको उत्कृष्ट बलिङको मद्दतले वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

कोलकाताको इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमा अलआउट भयो । 

शेफर्डले ह्याट्रिकसहित कुल ५ विकेट लिए । उनले १७औं ओभरमा माइकल लिस्क (शून्य), म्याथ्यू क्रस (११ रन) र ओलिभर डेभिडसन (शून्य) लाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि उनले सोही ओभरको छैटौं बलमा साफयान सरिफ (शून्य) लाई पनि पेभेलियन फर्काए ।

यसअघि पावरप्लेमा उनले ब्रान्डन म्याकमुलेनलाई १४ रनको अवस्थामा आउट गरे । 

यसअघि वेस्ट इन्डिजको ब्याटिङमा शिमरोन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक इनिङ खेलेका थिए । ओपनर ब्रान्डन किङले पनि ३५ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।

आजैदेखि सुरु प्रतियोगितामा यसअघि पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्समाथि रोमाञ्चक तीन विकेट जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप