परिवारका सदस्य नआइपुगेकाले सुनिल थापाको अन्त्येष्टि भोलि मात्र हुने
काठमाडौँ । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ ।
थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो ।
परिवारजन शनिबार दिउँसै नेपाल आउने बताइए पनि साँझ नआइपुगेका कारण आज अन्त्येष्टि हुन नसकेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । अन्त्येष्टिअघि थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि केही समय चलचित्र विकास बोडमा राखिने निरौलाले जानकारी दिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा 'खलनायक'को भूमिकालाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला'को नामले चर्चित थिए । यो परिचय उनले फिल्म 'चिनो'बाट पाएका हुन् । बलिउड फिल्ममा व्यस्त रहेका उनी चिनो अभिनय गर्न नेपाल आएका थिए । त्यसपछि उनले लगातार नेपाली फिल्म अभिनय गरेका थिए । उनी अभिनित फिल्म 'पहाड' प्रर्दशनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण