बैतडीमा सवारी दुर्घटना
शनिबार, २४ माघ २०८२, २३ : २९
सारांश
- बैतडीको दोगडाकेदारमा विद्युतीय सवारी दुर्घटना हुँदा चालक घाइते भएका छन्।
- सवारी दुर्घटना सिल्लेगडा-बडिया सडकखण्डको घोडेधार नजिकै भएको थियो।
- घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
बैतडी । बैतडीमा सवारी दुर्घटनामा परेको छ । दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक शनिबार राति ९ः३० बजे सुपप्र०२ ००१ज ०६२४ नम्बरको विद्युतीय सवारी हाइस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सवगारी चालक दोगडाकेदार–५ का मदन ठगुन्ना घाइते भएको खोचलेक प्रहरी चौकीका इन्चार्ज जयराज जोशीले जानकारी दिए । चालक ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । उक्त सवारी सडकबाट २५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण