राप्रपाका सहायक महामन्त्रीले त्यागे पार्टी
सारांश
- राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टीको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।
- उनले पार्टी नेतृत्व व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउँदै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्न नसकेको गुनासो गरे।
- शाहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै देशभरका नेता तथा कार्यकर्तालाई धन्यवाद दिए।
काठमाडौँ । राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पदत्यागको घोषणा गरेका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
शाहले आफूले पार्टीलाई राजीनामाबारे जानकारी गराइसकेको आइतबार रातोपाटीलाई जानकारी दिए । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्न प्रयास गर्नुको साटो पार्टी नेतृत्व व्यक्तिगत स्वार्थमा अलमलिएको उनको बुझाइ छ ।
उनले राजीनामा दिएकोबारेमा सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको मितिबाट मैले राप्रपाको सबै पद तथा सदस्यबाट राजीनामा दिएको जानकारी गर्दछु। मलाई गएको साढे तीन वर्ष साथ सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई हृदयदेखिन नै धन्यबाद ! राप्रपामा देशभरि हजारौँ इमानदार नेता कार्यकर्ता छन् । तर नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेछ भन्ने अनुभूति भयो ।’
उनले आफ्ना लागि सबै भन्दामाथि देश र जनता भएको बताए । ‘राष्ट्रको अगाडि पार्टी गौण हो। म सदा राष्ट्रको हितमा इमानदारीपूर्वक कर्म गर्नेनै छु’, उनको भनाइ छ ।
केहीअघि राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण