कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई नेकपाको स्पष्टीकरण : तपाईंलाई किन कारबाही नगर्ने ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पार्टीको नीति विपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेको छ।
- शर्मालाई पार्टीको हित विपरीत कार्य गरेको र अन्य पार्टीमा आबद्ध भएको आरोप लागेको छ, जसले गर्दा उनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
- स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्, र शर्माले केही दिनअघि संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई स्पष्टीकरण सोधेको छ । शर्माले पार्टीको नीति, विचार, सिद्धान्त र दर्शन विपरीतका कार्यमा सक्रिय भएर काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको हो ।
‘केही समय यता तपाईंले आफू आबद्ध दल नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार, सिद्धान्त र दर्शन विपरीतका कार्यमा सक्रिय भई पार्टीको हित विपरीत हुने कार्य गरेको र अन्य पार्टीमा आबद्ध भई निरन्तर पार्टी हित विपरीत कार्य गरेको विभिन्न सामाजिक सञ्जालबाट पुष्टि भएको छ । यस राजनीतिक दल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र यस दलबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाको सदस्यले पुरा गर्नुपर्ने जिम्मेवारी समेत पूरा गरेको नदेखिएकोले तपाईंलाई यस दल नेपाली कम्युनिस्ट पार्टीको विधानको धारा १०५ (क) (ख) (घ) (ङ) ले तोकेको अनुशासन पालन नगरी जानी जानी उल्लङ्घन गर्नुभएको’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
कर्णाली प्रदेश संसदीय दलको सदस्यको हैसियतले संसदीय दलको विधान २०८२ धारा ९ ले तोकेको काम, कर्तव्यको पालना नगरेको हुँदा तपाईंलाई यस नेपाली कम्युनिस्ट पार्टीको विधान २०८२ को धारा १०६(१)(क) बमोजिमको प्रक्रिया अवलम्बन गरी विधानको धारा १०६ (२) अन्तर्गत पार्टी सदस्यताबाटै निष्कासन किन नगर्ने ? भनिएको छ । साथै स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, ‘संसदीय दलको विधानको धारा ११ (४) (५) बमोजिम संसदीय दलको सदस्यबाट किन नहटाउने ? यो स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा यस दल नेपाली कम्युनिस्ट पार्टीको विधान तथा नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ बमोजिम तपाईं उपर कारबाही हुने ब्यहोरा अवगत एवम् जानकारी गराइएको छ ।
स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शर्माले केही दिनअघि संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । पछिल्लो समय उनी जनार्दन शर्मा सहभागी प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण