मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
धनुषा । मधेसी आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष जीवछ साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदनमा मधेसी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको छ । कार्यक्रममा प्रदेश प्रमुख कर्णले मधेसी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रतिवेदनमा समावेश गरिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
प्रतिवेदनले मधेसी समुदायको समग्र विकास, अधिकार प्रवर्द्धन तथा राज्यका नीति र कार्यक्रमलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास लिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए । कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, मधेसी आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण