समावेशी शासनले मात्रै राजनीतिक स्थायित्व सम्भव छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको चौतर्फी विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अनिवार्य सर्त भएको बताएका छन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै उनले राज्यले सबै जाति र समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि मात्र राजनीतिक स्थायित्व सम्भव हुने धारणा राखेका हुन्।
नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई राष्ट्रिय गानको ’सयौँ थुँगा फूल’ सँग तुलना गर्दै राष्ट्रपति पौडेलले यो सुन्दर फूलबारीलाई अझ समुन्नत बनाउन सबैको समान पहुँच र सम्मान अपरिहार्य रहेको उल्लेख गरे। संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही भएको बताउँदै उनले आदिवासी जनजातिका भाषा, लिपि, संस्कृति र परम्परा केवल सांस्कृतिक सम्पदा मात्र नभई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू भएको प्रस्ट पारे। यी मौलिक सम्पदाको संरक्षण र विकासका लागि राज्यले नीतिगत र संरचनागत रूपमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
आदिवासी ज्ञान प्रणालीहरू वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको उल्लेख गर्दै राष्ट्रपतिले यी परम्परागत सीप र बुद्धिलाई जीवित राष्ट्रिय भण्डारको रूपमा व्याख्या गरे।
यस्ता ज्ञानले समाजलाई सहअस्तित्व र सहिष्णुतातर्फ मार्ग निर्देशन गरिरहेको उनको भनाइ थियो। रजत जयन्तीको अवसरमा आयोजित यो सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा ल्याउन र उनीहरूको पहिचानलाई राष्ट्रिय विकासको प्रवाहमा मजबुत बनाउन प्रेरणा दिने विश्वास समेत राष्ट्रपति पौडेलले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण