नानचाङको सुन्दर ‘स्काइलाइन’ : रातमा यसरी हुन्छ झलमल (फोटो)
जियाङ्सी (चीन)– दक्षिणपूर्वी चीनमा रहेको जियाङ्सी प्रान्तको राजधानीनानचाङ तीव्र विकासको क्रममा छ ।
याङत्जे नदीको किनारमा अवस्थित यो शहरको इतिहास २ हजार वर्षभन्दा पूरानो रहेको छ । यो शहरलाई युझाङ र होङ्दु पनि भनिन्थ्यो ।
५२ लाख बढी जनसंख्या भएको नानचाङ मध्य चीनको तेस्रो ठूलो शहर हो । यसको पश्चिममा जुइलिङ पहाड रहेको छ भने पूर्वमा पोयाङ ताल रहेको छ ।
यो शहरलाई ‘हिरोहरुको शहर’ पनि भनिन्छ किनभने यसलाई जनसेनाको जन्मस्थल वा जनसेनाको झण्डा पहिलो पटक उठाएको स्थानको रुपमा मानिन्छ ।
अहिले यो शहरमा तीव्र रुपमा विकास परियोजनाहरु अघि बढिरहेको पाउन सकिन्छ । जियाङ्सी प्रान्तको चिनियाँ कम्युनिष्ट पार्टीकी प्रचार विभाग प्रमुख शीसि आलिनकाअनुसार गतवर्ष यहाँको कूलग्राहस्थ उत्पादनको बृद्धि दर ८.९ प्रतिशत रहेको थियो ।
न्येसनल जियोग्राफीको एक रिपोर्टअनुसार पनि पछिल्लो समय चीनमा प्रत्येक चार मिनेटमा एउटा गगनचुम्बी भवनहरु बनिरहेको छ । नानचाङमा पनि अग्ला–अग्ला भवनहरु, सडक सञ्जाललगायत पूर्वाधरको प्रशस्त विकास भएको देख्न सकिन्छ । यहाँ थुप्रै गगनचुम्बी भवनहरु निर्माणाधिन रहेको छन् ।
रातको समयमा नानचाङको ‘स्काइलाइन’ झनै सुन्दर देख्न सकिन्छ । रंगीनबत्तिले झलमल हुँदा ५० औँ तल्ला अग्लाभवन, पुल र सडकहरुले सबैको ध्यानतान्ने गर्दछ ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण