बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

ओखलढुङ्गामा राई दम्पतीको हत्यामा संलग्न दुई जना काठमाडौँबाट पक्राउ

आइतबार, २५ माघ २०८२, १७ : ४५
आइतबार, २५ माघ २०८२

सारांश

  • ओखलढुङ्गाको चिसंखुगढीमा राई दम्पतीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।
  • प्रहरीले घटनामा संलग्न धनबहादुर रानामगर र एक बालकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
  • हत्यापछि लुटेका सुनका गहना, रिचार्ड कार्ड र मोबाइल समेत बरामद गरिएको छ।

काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढीमा राई दम्पतीको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ मा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा फेला परेका थिए ।

हत्यामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौरे घर भएका ३४ वर्षीय धनबहादुर रानामगर र १७ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लुबाट शुक्रबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा दम्पतीको शव भेटिएको घटना अनुसन्धान गर्न ब्युरोले माघ २० गतेबाट आफ्नो जनशक्ति परिचालन गरेको थियो । धनबहादुर रानाले लुटपाट गर्ने योजना बनाएर १७ वर्षीय बालकलाई काठमाडौँबाट ओखलढुङ्गा लिएर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरूले हत्यापछि लुटेको सुनको मारवाडी, सिक्री, १५९ थान रिचार्ड कार्ड र सि–माला बरामद गरेको छ । मृतक चन्द्रविक्रम राईले प्रयोग गर्ने गरेको मोबाइल पनि प्रहरीले आरोपीहरूको साथबाट बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप